दफा १६
जोखिम पक्ष

१६. जोखिम पक्ष

सहकारी अर्थ व्यवस्थाको बहुआयामिक क्षेत्र हो । यस नीतिमा भएका व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित सबै सरकारी निकायहरूले जिम्मेवार र प्रतिबद्ध भई आफ्नो भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । यो नीतिमा भएका व्यवस्थाहरू पूर्णरुपले कार्यान्वयनमा
ल्याउन सहकारी अभियानको सक्रियताले पनि उत्तिकै महत्व राख्दछ । नीतिमा भएका व्यवस्थाहरू कार्यान्वयनका लागि समयमै सम्बद्ध ऐन नियमहरूको परिमार्जन तथा नयाँ कानूनहरूको निर्माण अपरिहार्य हुन्छ । कानूनी आधार निर्माण गर्न, आवश्यक संरचनागत प्रवन्ध गर्न तथा साधन स्रोतको व्यवस्था मिलाउन सकिएन भने नीतिमा भएका सबै प्रावधानहरू कार्यान्वयनमा ल्याउन नसकिने जोखिम रहेको छ ।